अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३४ | Colorodo: 11:49

भारतबाट आएको तरकारी प्रयोगमा, नेपालमा उत्पादित तरकारी नष्ट

बिआरटीनेपाल २०७७ जेठ १९ गते २२:२१ मा प्रकाशित

भारतबाट आयातित तरकारी–फलफूल निर्बाध उपभोक्ताको भान्सासम्म पुगिरहेका बेला नेपालमै उब्जाइएको तरकारी नष्ट गर्न थालिएको छ । दुःख गरेर उब्जाएको तरकारी दुई रुपैयाँ किलोमा पनि बिक्री हुन छाडेपछि किसान आफ्नो उत्पादनमाथि ट्याक्टर चलाएर नष्ट गर्न थालेका छन् ।

चितवन, काभ्रे, कपिलवस्तु र रुपन्देहीका कृषकले उत्पादन गरेको तरकारी नबिकेर समस्या भएका बेला अर्घाखाँची र कास्की जिल्लामा भने स्थानीय तह र जिल्ला प्रशासनकै संलग्नतामा कोरोना संक्रमण हुने भन्दे अन्य जिल्लाबाट ल्याईएको हरियो तरकारी तथा फलफूल नष्ट गरिएको छ ।

तर अर्घाखाचीका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले भने आफुले त्यस्तो निर्देशन नदिएको बताउनुभयो । प्रयोगशाला विज्ञ डाक्टर महेन्द्र भट्टले कोरोना भाइरस तरकारी र फलफूबाट सर्ने,नसर्ने कुरा समयमा भर पर्ने बताउनुभयो ।

कोरोनालाई कारण देखाउँदै स्वदेशमा उत्पादित कृषि उपज नष्ट गर्न स्थानीय तह र जिल्ला प्रशासन कार्यालय लागेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने दुःख व्यक्त गरेको छ । कृषि सामग्री, उत्पादनलाई कुनै खाले अवरोध नगर्ने मन्त्रालयले पटक–पटक आग्रह गरे पनि अटेर गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू