अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३५ | Colorodo: 07:50

प्रदर्शन रोक्न अमेरिकामा सेना परिचालन गरिने, फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण

बिआरटीनेपाल २०७७ जेठ १९ गते २२:२० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका विभिन्न शहरमा भैरहेको दंगा र लुटपाट रोक्न सेना परिचालन गर्ने बताउनुभएको छ । गत सोमबार प्रहरी हिरासतमा एक जना निहत्था अश्वेत अमेरिकी जर्ज फ्लोइडको मृत्यु भएको हिंसात्मकहरु प्रर्दशनहरु भैरहेका छन् । टेलिभिजन मार्फत सम्बोधन गर्दै ट्रम्पले एकदमै खराब अशान्त अवस्थाका माझ गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको टिप्पणी गर्नुभयो । ।देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई उहाँले आह्वान समेत गर्नुभएको छ ।

हिंसात्मक प्रदर्शनका कारण न्यूयोर्कमा कर्फ्यू घोषणा गरिएको छ । फ्लोइडको हत्याका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन् । फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ ।

फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले गर्दन र ढाडमा थिचेका कारण भएको बताएका हुन् ।पहिला गरिएको परीक्षणमा भने अक्सिजनको कमी वा घाँटी दबाएका कारण भन्ने प्रमाण पत्ता नलागेको बताइएको थियो । एक साताअघि भाइरल भएको भिडिओमा एकजना श्वेत प्रहरीले फ्लोइडले ‘सास फेर्न गाह्रो भयो’ भनेर अनुरोध गर्दा पनि गर्दनमा निरन्तर घुँडाले थिचिरहेको देखिन्छ । यसपछि हत्याको विरोध र न्याय माग्दै भएको प्रदर्शनले अमेरिका अशान्त बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू