अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

साउदी अरबमा विदेशी कोषमा २० वर्ष यताकै गिरावट

बिआरटीनेपाल २०७७ जेठ १९ गते ७:३० मा प्रकाशित

साउदी अरबमा २० वर्ष यताकै विदेशी कोषमा गिरावट आएको छ । कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावका कारण साउदीमा लगातार दोस्रो महिना विदेशी कोषमा कमी आएको हो ।

साउदी अरब सरकारका अनुसार मार्च र अप्रिल महिनामा झन्डै ४० अर्ब विदेशी भण्डारबाट नागरिकका लागि विनियोजन गरिएको छ ।

साउदी अरबको मौद्रिक प्राधिकरणले मार्चमा साउदी अरबको शुद्ध विदेशी सम्पत्ति ४ सय ६४ दशमलव ६४ बिलियन अमेरीकी डलर थियो जुन अप्रिलमा घटेर ४ सय ४३ दशमलव ७५ बिलियन डलमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू