अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५ | Colorodo: 15:00

अमेरिकामा जर्ज फ्लोइड हत्या प्रकरण– राष्ट्रपति निवास अगाडि प्रदर्शनकारीद्धारा ढुंगा प्रहार, राष्ट्रिय झण्डा जलाइयो

बिआरटीनेपाल २०७७ जेठ १९ गते ७:२८ मा प्रकाशित

अमेरिकामा जर्ज फ्लोइडको हत्याको घटनालाई लिएर सुरु प्रदर्शन हिंसात्मक बन्दै गएको छ । विभिन्न सहरमा कर्फ्यू तोड्दै युवाहरुले प्रदर्शन गरेका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पको विरोध गर्दै ह्वाइटहाउस अघि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् । वामपन्थी कित्ताका युवाहरुले पनि विभिन्न सहरमा ट्रम्प विरुद्ध जुलुस निकालेका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रियनले ती युवाहरुलाई ‘आतंकवादी’ भनेर टिप्पणी गरेका छन् । ‘सहरमा आगजनी गर्नेहरु आतंकवादी’ नै भएको उनको दावी छ । आन्दोलन दबाउन सरकारले कम्तिमा १ हजार ७ सय प्रहरी तैनाथ गरेको छ ।

प्रदर्शनको केन्द्र मानिएको मिनेसोटा सहरमा प्रदर्शन थप चर्किएको छ । जहाँ जर्ज फ्लोइडको हत्या भएको थियो । मिनेसोटामा प्रदर्शनकारीले अमेरिकी राष्ट्रिय झण्डामा आगजनी समेत गरेका थिए । अमेरिकी सरकारले भने मिनेसोटासहित विभिन्न २५ सहरमा कर्फ्यू लगाएको छ । न्युयोर्क, एट्लान्टा, सिकागो, डेनबर्ग लगायत स्थानमा सरकारले कर्फ्यू लगाउनुका साथै सुरक्षा निगरानी कडा बनाएको छ । एपीका अनुसार ४ हजार १ सय प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू