अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२० | Colorodo: 09:35

राजा वीरेन्द्रको वंशनाश गरिएको १९ वर्ष पुरा, घटनाको रहस्य अझै इतिहासकै गर्भमा

बिआरटीनेपाल २०७७ जेठ १८ गते २२:०२ मा प्रकाशित

तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुनेगरी रचिएको दरबार हत्याकाण्डको १९ बर्ष पुरा भएको छ । आजभन्दा ठीक १९ वर्षअघि आजकै दिन तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको थियो । त्यो त्रासदीमय घटना २०५८ साल जेठ १९ गते शुक्रबार राति नारायणहिटी दरबारमा घटाइएको थियो । त्रासदीमय त्यो घटना ‘कालरात्रि’का रूपमा नेपाली इतिहासमा दर्ज छ । तर घटनाको रहस्य अझै इतिहासकै गर्भमा छ ।

राजा वीरेन्द्रसहित रानी ऐश्वर्य राज्यलक्ष्मी, छोरा युवराज दीपेन्द्र, छोरा राजकुमार निराजन र छोरी राजकुमारी श्रुति मारिएर एक जनप्रिय राजाको वंशनाश गरिएको थियो । त्यस घटनामा गोलीको सिकार भएका राजा वीरेन्द्रको सोही राति निधन भएपछि अस्पतालमा अचेतावस्थामै रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । जेठ २२ मा दीपेन्द्रको पनि मृत्यु भएको घोषणा गरिएसँगै वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र राजा बन्नुभएको थियो । तर उहाको शासन सत्ता धेरै समय टिकेन ।

दरबार हत्याकाण्डको सात वर्षपछि २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्रको समाप्ति भई गणतन्त्रको उदय भयो । उच्च सैन्य घेराभित्र रहेको नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको रहस्य भने अहिलेसम्म खुल्न सकेको छैन । देशमा धेरै परिवर्तन र उथपुथल भएर दर्जनजति सरकार फेरिएपनि घटनाको रहस्य अझै थाहा हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू