अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४३ | Colorodo: 07:58

सामुदायिक विद्यालयको गूणस्तर सुधारको जिम्मा निजिलाइ दिने प्रस्ताब मन्त्रालयले नगरेको शिक्षामन्त्री पोखरेलको स्पष्टिकरण

बिआरटीनेपाल २०७७ जेठ १८ गते २२:०१ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको पूर्वधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजीलाई दिने कार्यक्रम आफूले प्रस्ताव नगरेको स्पष्टीकरण दिनुभएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ को बजेटको बुँदा नम्बर १६६ मा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयको सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तिमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामाग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने उल्लेख छ ।

यसको चौतर्फी आलोचना भएपछि मन्त्री पोखरेलले विज्ञप्ति जारी गर्दै यो बुँदा मन्त्रालयले प्रस्ताव नगरेको भन्दै स्पष्टिकरण दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू