अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५९ | Colorodo: 08:14

दुई अमेरिकी अन्तरिक्ष यात्री अन्तरिक्ष स्टेशनमा प्रवेश

बिआरटीनेपाल २०७७ जेठ १८ गते २१:५८ मा प्रकाशित

दुई अमेरिकी अन्तरिक्ष यात्रीलाई लिएर उडान भरेको अन्तरिक्षयान ड्रयागन क्याप्सुल अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको छ । अमेरिकी अन्तरिक्षयात्री डग हर्ली र बब बेन्कनसहितको यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा प्रवेश गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी अन्तरिक्षा एजेन्सी नासाले निजी कम्पनी स्पेसएक्ससँगको सहकार्यमा सो यान अन्तरिक्षमा पठाएको हो । ड्रयागन क्याप्सुल स्पेसएक्सले उपलब्ध गराइ उसैले सञ्चानल गरिरहेको छ । सो यान चीनबाट ४२२ किलोमिटरको दूरी माथि रहेको अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको हो ।

चुहावट, दबाब र तापक्रमको जाँचका लागि केही प्रतीक्षा गरेपछि, पहिल्यै आईएसएसमा रहेका रुसी र अमेरिकी टोलीसँग सामेल हुन ड्रयागन क्याप्सुलमा रहेका यात्रीहरु स्टेशनमा प्रवेश गरेका हुन् । हर्ली र बेन्कनसहितको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल गएको शनिबार राति अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ९ वर्ष पहिले शटल्स नामको अन्तरिक्ष यान पठाउने प्रणाली बन्द गरेको थियो । त्यसपछि अमेरिकी भूमिबाट अन्तरिक्षयात्रीलाई पठाइएको यो पहिलोपटक हो । यो मिसनमार्फत नासाले आफ्नै अन्तरिक्षयान नभइ व्यावसायिक क्षेत्रबाट भाडामा यान लिएर प्रयोग गर्ने नयाँ युगको थालनी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू