अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

रुसले विकाश गर्यो कोरोनाबिरुद्धको औषधि, संक्रमित ४ दिनमै निको भएको दावी

बिआरटीनेपाल २०७७ जेठ १८ गते २१:५६ मा प्रकाशित

परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरस बिरुद्धको औषधि प्रयोगमा स्वीकृति दिएको छ । योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि कोरोना भाइरस बिरुद्धको औषधि दिइदैछ । रुसको स्वास्थ्य अधिकारीका अनुसार कोरोना संक्रमितहरुलाई आगामी जुन ११ बाट यो औषधि दिइने बताइएको छ । रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ) का प्रमुख किरिल दिमित्रेभले रूसका सबै अस्पतालमा रहेका कोरोना संक्रमितहरूलाइ यो औषाधि दिइने बताएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

यो एन्टिभाइरसको रुपमा बिकास गरिएको औषधिको नाम एभिफ्याभिर राखिएको छ । कोरोना भाइरस बिरुद्धको औषधि अहिलेसम्म कुनैपनि मुलुकले निर्माण गर्न सकेका छैनन् । कतिपय मुलुकले औषधि बिकास गरेको दावी गरेपनि प्रयोगका लागि सरकारले अनुमति दिइएको छैन् । सम्भवत कोरोना भाइरस बिरुरद्धको औषधि प्रयोग गर्न अनुमति दिने मुलुक रुस नै पहिलो बनेको छ । रुसको यो औषधि निर्माता कम्पनीले कोरोना विरुद्धको बनाइएको यो औषधि एक महिनामा ६० हजार संक्रमितलाई पुग्ने गरी उत्पादन गर्ने दावी गरेको छ । अन्य मुलुकले अहिलेसम्म औषधि बनाएको दावी भने गर्ने गरेका छन्, तर त्यो प्रयास प्रभावकारी भने भएको छैन् ।

जापानमा पनि यो औषधिलाई एभिगान नामबाट परीक्षण गर्ने तयारी भइरहेको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले यो औषधिको प्रशंसा गर्दै यसको विकासका लागि १२.८ करोड डलरको बजेट स्वीकृत गरेका गरेका समाचार एजेन्सीहरूले बताएका छन् । तर जापान सरकारले भने कोरोना बिरुद्धको औषधिका रुपमा स्वीकृति दिन बाँकी नै रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू