अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४१ | Colorodo: 14:56

बजेटमा सांसद विकास कोष खारेज नहुनु दुखदः नेकपा प्रवक्ता श्रेष्ठ

बिआरटीनेपाल २०७७ जेठ १८ गते ६:१८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा सांसद विकास कोष (स्थानीय क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम) खारेज नहुनु दुःखद् भएको भन्दै त्यसको विरोध गर्नुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै श्रेष्ठले कम्तीमा कोभिड १९ महामारीको संकटका बेला यो कोषका लागि रकम छुट्याउन नहुने बताउनुभयो ।

‘प्रधानमन्त्री र अर्थमन्त्री दुवै जना सांसद विकास कोषको विपक्षमा हुनुहुन्छ तर बजेटमा खारेज गर्ने साहस किन गर्न सक्नुभएन ? श्रेष्ठले प्रश्न गर्नुभएको थियो । बजेटले संकटलाई अवसरमा बदल्न नसकेको श्रेष्ठको भनाइ छ । स्वास्थ्यका लागि विनियोजित रकम उपचारमा मात्रै केन्द्रित भएको उल्लेख गर्दै बजेटमा जनस्वास्थ्यलाई पूरै बेवास्ता गरिनु दुःखद भएको नेता श्रेष्ठले बताउनुभयो ।

बजेटले कोरोनाबाट जीवन बचाउने, महामारीले टुटाएको अर्थतन्त्रको कडी जोड्ने, रोजगारी बढाउने, आयात प्रतिस्थापन गर्ने नीति लिएको पनि उहाँले बताउनुभयो । बजेट सकारात्मक रहेको र यसलाई कार्यान्वयन गरेर जानु नै अहिलेको आवश्यकता रहेको पनि नेता श्रेष्ठले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू