अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४६ | Colorodo: 23:01

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

बिआरटीनेपाल २०७७ जेठ १८ गते ६:०४ मा प्रकाशित

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको आइतबार निधन भएको छ । ललितपुरको कुसुन्तीमा छोरी ज्वाँईसँगै बस्दै आएका ठकुरी लामो समयदेखि प्यारालाइसिस, ब्लड प्रेसर, सुगर जस्ता रोगबाट पीडित हुनुहुन्थ्यो । नेपाली फिल्म ‘जीवन रेखा’ बाट अभिनय यात्रा शुरु गरेका ठकुरीले थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गर्नुभएको छ ।

‘विश्वास’, ‘भाग्यरेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै फिल्ममा उहाँले चरित्र अभिनेताको भूमिका निर्वाह गर्नुभएको थियो । भारतीय फिल्म ‘पञ्चवटी’ मा समेत अभिनय गर्नुभएका चन्द ठकुरी पछिल्लो पटक नेपाली फिल्म “भागी नजाऊ” मा देखिनुभएको थियो । ठकुरीको आजै (आइतबार) पशुपति आर्यघाटको विद्युतीय शव गृहमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू