अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

एमसीसीको विरोधमा काठमाण्डौंमा प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग

बिआरटीनेपाल २०७७ जेठ १८ गते ६:०० मा प्रकाशित

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने माग सहित काठमाण्डौंमा प्रदर्शन भएको छ । विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौँको माइतीघरमा आयोजित विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेपछि केही घाइते भएका छन्।

प्रदर्शनकारीहरुले केहीको हात भाँच्चिएको र केहीलाई प्रहरीले निर्ममतापूर्वक लाठी बज्राएको बताएका छन्। एमसीसीको विरोधमा नाराबाजी गरिरहेका प्रदर्शनकारीलाई प्रहरीले धरपकड गरेपछि उनीहरु तितरबितर भएका थिए । केहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू