अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 09:16

विद्युतीय कारमा भन्सार बढाउने बजेटको प्रस्तावमा पुनर्विचार गर्नुपर्छ – पूर्वअर्थमन्त्री पाण्डे

बिआरटीनेपाल २०७७ जेठ १८ गते ५:५७ मा प्रकाशित

नेकपाका प्रभावशाली सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विद्युतीय गाडीमा गरिएको भन्सार वृद्धिमा पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै नेकपा सांसद पाण्डेले विद्युतीय गाडीको उपयोगले पेट्रोलको आयातमा दीर्घकालीन समाधान दिने भन्दै करवृद्धिको निर्णयमा पुनर्विचार गर्नुपर्ने टिप्प्णी गर्नुभयो ।

‘इलोक्ट्रोनिक भेइकलसामान्य गाडीभन्दा महंगो हुने र फरेन करेन्सीको चाप पर्छ कि भन्ने अर्थमन्त्रालयको चिन्ता रहेको उल्लेख गर्दै उहाँले विद्युतीय कारले पेट्रोलको आयातमा दीर्घकालीन समाधान दिने भएकोले यसमा पुनर्विचार गर्न जरुरी रहेको ठहर गर्नुभयो । राष्ट्रिय महत्वका हिसाबले पनि विद्युतीय गाडीलाई प्रोत्साहन गर्नुपर्ने पाण्डेको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू