अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३० | Colorodo: 12:45

“शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो, व्यापार गर्नु हुँदैन ”– डा.भट्टराई

बिआरटीनेपाल २०७७ जेठ १८ गते ५:५१ मा प्रकाशित

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेटले मुलुकको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०७७–७८ को बजेटमाथि बोल्दै उहाँले मुलुकको आवश्यकता जेटको गतिमा उड्नुपर्ने किसिमको बजेट भए पनि कछुवाको गतिमा बजेट आएको टिप्पणी गर्नुभयो । बजेट परम्परागत ढंगबाट आएको भट्टराईको ठहर थियो ।

भट्टराईले बजेटले सामान्य विषयलाई सम्बोधन गरेको भए पनि वर्तमान संकटको समाधान गर्न नसकेको बताउनुभयो । बजेट प्रस्तुत गर्दै गर्दा समस्या र आवश्यकताको बारेमा सरकार नै स्पष्ट नभएको भन्दै शब्दजालमा नपरिकन मुलुकको अर्थतन्त्रको स्वरुपका बारेमा सरकारको विचारमा नै प्रष्टता आउनुपर्ने उहाको तर्क छ ।

डा. भट्टराईले सैद्धान्तिक रुपमा कोरोना संक्रमणका कारण जनस्वास्थ्यमा राम्रा कार्यक्रम योजना बनेको भएपनि सो अनुरुप बजेट विनियोजन हुन नसकेको बताउनुभयो । सामाजिक दायित्व र राज्यको दायित्वको विषय भएकाले स्वास्थ्य र शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने भएकाले व्यापारको निम्ति स्वास्थ्य र शिक्षा जस्तो क्षेत्र छोड्न नहुने भट्टराईको भनाई छ ।

कोरोना महामारीका कारण ध्वंश भएको अर्थतन्त्र उकास्नका लागि तात्कालीन र दीर्घकालीन योजना सहितको बजेट विनियोजन गरिनुपर्ने उहाको ठहर थियो । विदेशबाट ठूलो संख्यामा फर्कने नेपाली र स्वदेशमा उत्पन्न वेरोजगारीलाई उत्पादनमुलक क्षेत्रमा परिचालन गर्ने गरि विस्तृत योजना ल्याउन भट्टराईले सरकारलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू