अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

नेपालमा लकडाउनको ७१ दिन पुरा , मानिस र सवारीको चाप बढ्यो

बिआरटीनेपाल २०७७ जेठ १८ गते ५:५१ मा प्रकाशित

मंगलबार मुलुकमा जारी गरिएको लकडाउनको ७१ औं दिन पुरा भएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी भएपनि मुख्य शहरका सड्कहरुमा मानिस तथा सवारी साधनको चाप बढ्दै गएको छ । लामो समय सम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको र मानिसहरु काममा निस्किन थालेपछि सवारीसाधन र मानिसहरुको चहलपहल बढेको हो ।

प्रहरीले पनि चेकजाँचलाई केही खुकुलो बनाएको छ । अत्यावश्यक सेवाका सवारी साधन र पास लिएका बाहेकलाई पनि सोधपुछ गरी पठाउने गरेको पाईएको छ । काम बिना सवारी सञ्चालन गर्नेलाई भने नियन्त्रणमा लिई कारबाही गरेको छ । लकडाउन जारी रहेपनि अत्यावस्यक खाद्यान्न तथा तरकारी पसलहरु नियमितरुपमा खुल्न थालेका छन् ।

सरकारद्धारा आज सम्मका लागि तोकिएको लकडाउन शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लम्ब्याउने निर्णय गरिसकेको छ । तर यस बिचमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल भइराखेको बताइएको छ ।

नेपालमा लकडाउन शुरु हुँदा चैत ११ गते दुई जना मात्रै संक्रमित रहेकोमा अहिले लकडाउनको ७१ दिनसम्म आईपुग्दा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ भने यसबीचमा ८ जनाको ज्यान गएको छ । लकडाउन भएपनि संक्रमितको संख्याको वृद्धिदर बढ्दै जाने र अर्थतन्त्रमा पनि गम्भिर असर पर्दै जाने भएकाले लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकारलाई दबाब पर्दै गएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू