अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

भारतमा एक महिनाका लागि लकडाउन थप

बिआरटीनेपाल २०७७ जेठ १७ गते २१:५० मा प्रकाशित

भारतमा पाँचौ चरणको लकडाउन एक महिनाका लागि थपिएको छ । भारत सरकारले पाँचौं चरणको लकडाउन जुन ३० तारिख अर्थात् असार १६ गतेसम्मका लागि थप गरेको हो । तर, भारतमा पाँचौ पटकको लकडाउनको समयावधिमा सरकारले विभिन्न कुरामा छुट दिने निर्णय गरेको छ ।

जसमा कोरोना प्रभावित राज्य र क्षेत्र बाहेक अन्य क्षेत्रमा चरणवद्ध रुपमा धार्मिक स्थल, होटल, रेस्टुरेन्ट, किनमेल केन्द्र, शैक्षिक संस्था, तालिम केन्द्र लगायतका खोलिने छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो समय ६ देखि ७ हजारका दरले बढ्दै गएको छ ।

हालसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७४ हजार नाघेको छ । भाइरसका कारण ५ हजार १ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू