अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

कोरोना भाइरस परीक्षणका लागि तत्काल आर्थिक प्याकेज ल्याउन संसदीय समितिको निर्देशन

बिआरटीनेपाल २०७७ जेठ १७ गते २१:४९ मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षणका लागि तत्काल आर्थिक प्याकेज ल्याउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । सिंहदरबारमा बसेको सघीय संसद अन्तर्गत प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पीसीआर परीक्षणको संख्या बढाउन र त्यसका लागि तत्काल आर्थिक प्याकेज घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको समितिका सदस्य चाँद ताराकुमारीले बताउनुभयो ।

समितिले कोरोना भाइरसको परीक्षणका लागि प्रयोग हुँदै आएको द्रुत परिक्षण विधि प्रभावकारी नदेखिएको निष्कर्ष निकालेको छ । त्यसै अनुसार समितिले द्रुत परिक्षण विधिलाई न्यूनीकरण गर्दै पिसीआर विधिलाई व्यापक बनाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू