अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

जातिय विभेद अन्त्यको कामना गर्दै पूर्व युवराज शाहद्वारा पोखरामा दीप प्रज्वलन

बिआरटीनेपाल २०७७ जेठ १७ गते २१:४७ मा प्रकाशित

पूर्व युवराज पारस शाहले जातिय विभेद अन्त्यको कामना सहित पोखरामा दीप प्रज्वलन गर्नुभएको छ । रुकुम घटनामा ज्यान गुमाउनेहरुको आत्माको शान्तिको कामना गर्दै उहाँले दीप प्रज्वलन गर्नुभएको हो ।

पोखराको लेकसाईड खहरेमा दीप प्रज्वलन गर्दै पूर्व युवराज शाहले जातिय विभेदको अन्त्यको कामना पनि गर्नुभयो । विगत केही समय यता पोखरा बस्दै आउनु भएका शाहले पोखरामा लकडाउनका कारण प्रभावित असहाय र गरीब परिवारलाई खाद्यान्न सहयोग समेत गर्दै आउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू