अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२० | Colorodo: 04:35

नासाले दुई अमेरिकी यात्रीसहित अन्तरिक्षतर्फ रकेट पठायो

बिआरटीनेपाल २०७७ जेठ १७ गते २१:४७ मा प्रकाशित

नासाले २ अमेरिकी यात्रीसहित अन्तरिक्षमा रकेट पठाएको छ । दुई अमेरिकीलाई लिएर एउटा रकेट नेपाली समयअनुसार आइतबार बिहान अन्तरिक्षको कक्षमा प्रवेश गरेको छ। एलन मस्क स्पेश एक्स कम्पनीको उक्त रकेटले एक दशकमा पहिलो अमेरिकी पाइलाका रुपमा अन्तरिक्षतर्फ यात्रा सुरु गरेको हो।

नासाका डग हर्ले र बब बेनकेन चढेको उक्त रकेट एपोलोका चन्द्रमायात्री चढेकै नासाको लन्च प्याडबाट फ्लोरिडाको समयअनुसार दिउँसो ३– २२ मा अन्तरिक्षको यात्रामा निस्केको हो। ‘लेट्स लाइट द क्यान्डल’, हर्लेले रकेट खुल्नुको ठ्याक्कै अघि भनेका छन्, अमेरिकाका पहिलो अन्तरिक्षयात्रीले एलन सेपहर्डले १९६१ मा बोलेको वाक्य सापटी लिँदै।

एपीका अनुसार ती दुई अन्तरिक्षयात्री आइतबार अन्तरिक्ष स्पेस स्टेशन पुग्नेछन् जहाँ उनीहरुले दुई महिना बिताउनेछन्। त्यसपछि उनीहरु अन्तरिक्षमा फर्कनेछन्। कोरोना भाइरसको महामारीबीच यो अभियानले पूर्णता पाएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू