अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 22:01

सुरक्षा परिषद बैठक– संविधान संशोधनले निम्त्याउने सुरक्षा खतराबारे छलफल

बिआरटीनेपाल २०७७ जेठ १७ गते २१:४६ मा प्रकाशित

राष्ट्रिय सुरक्षा परिषदको बैठकमा देशको शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले देशको समग्र सुरक्षास्थितिबारे जानकारी लिनुभएको छ ।

बैठकमा संविधान संशोधन अक्रिया अघि बढाउँदा उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा खतराबारे पनि छलफल भएको स्रोतको दाबी छ । बैठकमा सामरिक महत्वको सुरक्षाका विषयमा छलफल भएको बताइएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सम्पूर्ण रुपमा सुरक्षाको प्रबन्ध गर्न र चनाखो रहन निर्देशन दिनुभएको बुझिएको छ । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने पूर्वसन्ध्यामा सुरक्षा परिषदको बैठकमा देशको सुरक्षा अवस्थाका बारेमा छलफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू