अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

कोभिड–१९ का कारण विश्वभर ३ लाख ७१ हजार ३ सय ९८ को मृत्यु, ६१ लाख ८५ हजार ७६ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ १७ गते २१:४२ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ७१ हजार ३ सय ९८ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ६१ लाख ८५ हजार ७६ जना संक्रमित भएका छन् । कोरोना संक्रमित २७ लाख ५४ हजार ६ सय ९ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख ५ हजार ५ सय ७५, इटालीमा ३३ हजार ३ सय ४० , स्पेनमा २७ हजार १ सय २५ , फ्रान्समा २८ हजार ७ सय ७१ , बेलायतमा ३८ हजार ३ सय ७६ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार ७ सय ९७ , जर्मनीमा ८ हजार ६ सय , बेल्जियममा ९ हजार ४ सय ६७, ब्राजिलमा २८ हजार ८ सय ४९, रसियामा ४ हजार ६ सय ९३ र क्यानडामा ७ हजार ७३ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ५ हजार १ सय ८८ , पाकिस्तानमा १ हजार ४ सय ८३ , बंगलादेशमा ६ सय ५० जनाको ज्यान गएको छ । अफगानिस्तानमा २ सय ५७ , श्रीलंकामा १० र माल्दिभ्स्मा ५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ४३ जनामा भाईरसको संक्रमण देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू