अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

कोभिड–१९ का कारण विश्वभर ३ लाख ७० हजार ९ सय १८ को मृत्यु, ६१ लाख ५६ हजार ४ सय २८ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ १७ गते २१:४१ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ७० हजार ९ सय १८ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ६१ लाख ५६ हजार ४ सय २८ जना संक्रमित भएका छन् । कोरोना संक्रमित २७ लाख ३४ हजार ७ सय ७८ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख ५ हजार ५ सय ५७, इटालीमा ३३ हजार ३ सय ४० , स्पेनमा २७ हजार १ सय २५ , फ्रान्समा २८ हजार ७ सय ७१ , बेलायतमा ३८ हजार ३ सय ७६ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार ७ सय ३४ , जर्मनीमा ८ हजार ६ सय , बेल्जियममा ९ हजार ४ सय ५३, ब्राजिलमा २८ हजार ८ सय ४९, रसियामा ४ हजार ५ सय ५५ र क्यानडामा ७ हजार ७३ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ५ हजार १ सय ८५ , पाकिस्तानमा १ हजार ३ सय ९५ , बंगलादेशमा ६ सय १० जनाको ज्यान गएको छ । अफगानिस्तानमा २ सय ४९ , श्रीलंकामा १० र माल्दिभ्स्मा ५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ३३ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू