अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 21:58

कोरोनाले स्थगित भएको स्पेनिस ला लिगा जुन ११ बाट सुचारू हुने

बिआरटीनेपाल २०७७ जेठ १७ गते ६:५५ मा प्रकाशित

कोरोना भाइरसले विश्वव्यापी रुप लिएपछि मार्च १२ मा स्थगित भएको स्पेनिस ला लिगा पुनः सुचारु हुने भएको छ । कोरोना भाइरसको महामारी अझै रहिरहेको हुनाले यो खेल छिट्टै टुङ्याइने बताइएको छ । जसका लागि पहिलो खेलसमेत निर्धारण भइसकेको छ ।

आगामी जुन ११ बाट पुन सुचाररु हुने पहिलो खेलमा रियल बेटिस र सेभिया भिड्नेछन् । यो सिजनको खेल १८ या त १९ जुलाईमा सक्नेगरी तयारी भइररहेको छ । ला लिगा पुनः संचालन गर्न गएको हप्तादेखि नै १० जनाको समुहमा प्रशिक्षण सुरु भएको थियो ।

यो सिजनाकौ खेलपछि अर्को नयाँ सिजन १२ सेप्टेम्बरबाट सूरु हुने बताइएको छ । ला लिगामा अहिलेसम्म बार्सिलोनाले लिड गरिरहेको छ । त्यस्तै दोस्रो स्थानमा रियल म्याड्रिड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू