अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५६ | Colorodo: 21:11

कोभिड–१९ का कारण विश्वभर ३ लाख ६७ हजार ३ सय १२ को मृत्यु, ६० लाख ५७ हजार १ सय २२ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ १७ गते ६:५२ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ६७ हजार ३ सय १२ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ६० लाख ५७ हजार १ सय २२ जना संक्रमित भएका छन् । कोरोना संक्रमित २६ लाख ८२ हजार १ सय ४३ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख ४ हजार ५ सय ५०, इटालीमा ३३ हजार २ सय २९ , स्पेनमा २७ हजार १ सय २१ , फ्रान्समा २८ हजार ७ सय १४ , बेलायतमा ३८ हजार १ सय ६१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार ७ सय ३४ , जर्मनीमा ८ हजार ५ सय ९४ , बेल्जियममा ९ हजार ४ सय ५३, ब्राजिलमा २७ हजार ९ सय ४४, रसियामा ४ हजार ५ सय ५५ र क्यानडामा ६ हजार ९ सय ७९ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ४ हजार ९ सय ८२ , पाकिस्तानमा १ हजार ३ सय ९५ , बंगलादेशमा ६ सय १० जनाको ज्यान गएको छ । अफगानिस्तानमा २ सय ४९ , श्रीलंकामा १० र माल्दिभ्स्मा ५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ३३ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू