अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिद्धारा घटनाको छानविन सुरु

बिआरटीनेपाल २०७७ जेठ १६ गते २१:४५ मा प्रकाशित

रुकुम पश्चिमको सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले घटनाको छानविन सुरु गरेको छ । समितिले हिजो पीडित पक्षसँग भेटघाट गरेर छानविन सुरु गरेको हो । गृह मन्त्रालयका उपसचिव माधव ढकालले छानविन थालेको केहीदिनमा नै तथ्य ल्याउने जानकारी दिनुभयो ।

रुकुम घटनामा शव भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको र नदीमा फालिएको देखिएको चिकित्सकले बताएका छन् । मृतक ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एकजना चिकित्सकको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू