अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४८ | Colorodo: 10:03

‘चिनियाँ सरकारको अपराध र डब्ल्यूएचओको गल्तीको सजाय सारा विश्वले भोगिरहेछ’ – ट्रम्प

बिआरटीनेपाल २०७७ जेठ १६ गते २१:४४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका अब विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगको सारा सम्बन्ध समाप्त गर्नतिर लागेको बताउनुभएको छ । शुक्रबार ट्रम्पले डब्ल्यूएचओले सुरुमा कोरोना भाइरस संक्रमणलाई फैलिनबाट रोक्न नसकेको आरोप समेत लगाउनुभएको छ । विश्व स्वास्थ्य संगठन चीनको कठपुतली बनेको उहाको ठहर छ ।

राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र संघीय निकाय डब्ल्यूएचओलाइ अमेरिकाले दिँदै आएको यसअघि नै कोष बन्द गरिसक्नुभएको छ । “हामीले डब्ल्यूएचओको व्यापक सुधारको लागि अनुरोध गरेका थियौं तर त्यसो गर्न असफल भयौं,” ट्रम्पले शुक्रबार ह्वाइट हाउसको प्रेस सम्मेलनमा भन्नुभयोे, “आज, हामी विश्व स्वास्थ्य संगठनसंग हाम्रो सबै सम्बन्ध तोड्दैछौं । अमेरिकाले उसका लागि खर्च गर्ने रकम अब विश्वव्यापी सार्वजनिक स्वास्थ्यमा लगानी गर्नेछ । डब्ल्यूएचओ पूर्ण रूपमा चीनको नियन्त्रणमा छ, जबकि यसले अमेरिकाको तुलनामा एकदमै कम रकम दिन्छ ।”

ट्रम्पले संयुक्त राष्ट्रसंघमाथि पनि निरन्तर प्रश्न गर्दै आउनुभएको छ । ट्रम्प सत्तामा आएदेखि नै ‘अमेरिका फर्स्ट’ को नीति धेरै आक्रामक रूपमा अपनाइएको छ। सत्तामा आएपछि ट्रम्पले संयुक्त राज्यलाई संयुक्त राष्ट्र मानव अधिकार काउन्सिलबाट समेत अलग गर्नुभएको थियो । यसपछि अमेरिकाले संयुक्त राष्ट्र सांस्कृतिक एजेन्सीले युनेस्कोबाट आफूलाई अलग गरेको छ भने जलवायु परिवर्तन सम्झौताबाट अलग भई इरानसँगको आणविक सम्झौता समेत तोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू