अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 03:27

ट्वीटरद्धारा अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीट ‘हाइड’

बिआरटीनेपाल २०७७ जेठ १६ गते २१:४३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको एउटा ट्वीट ट्वीटरले सिधै नदेखिने बनाएको छ । ट्रम्पको ट्वीटले हिंसालाई प्रशंसा गरेको वा गुणगान गरेको र सो आफ्नो नियम विपरित रहेकाले हाइड गरिएको ट्वीटरले जनाएको छ । राष्ट्रपति ट्रम्पले गरेको ट्वीट जस्ताको त्यस्तै ‘कपी’ गरेर राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ट्वीटर एकाउन्टबाट केही घण्टापछि ट्वीट गरिएको थियो । त्यो ट्वीट पनि ट्वीटरले हाइड गरेको छ ।

हाइड गरिएको ट्वीट क्लिक गरेर हेर्न भने सकिन्छ, तर त्यसमा चेतावनीको संकेत राखिएको छ । सार्वजनिक साचो हुन सक्ने भएकाले ट्वीट पहुँचमा राखिएको ट्वीटरले जनाएको छ । ट्वीटर र राष्ट्रपति ट्रम्पबिच पछिल्ला दिनमा तनाव उच्च भएको छ । ट्रम्पको ट्वीटमा ट्वीटरले तथ्य–जाँच राखेपछि तनाव उत्कर्षमा पुगेको थियो । यसपछि ट्रम्पले सामाजिक सञ्जालले पाउँदै आएको कानूनी सुरक्षा सीमित गर्ने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू