अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४३ | Colorodo: 06:58

विद्यमान परिस्थितिलाई ध्यानमा राखेर नै बजेटको आकार घटाइएको अर्थमन्त्रीको भनाइ

बिआरटीनेपाल २०७७ जेठ १६ गते २१:४२ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यमान परिस्थितिलाई ध्यानमा राखेर नै बजेटको आकार घटाइएको बताउनुभएको छ । बजेटबारे जानकारी दिन आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले अहिले जनताको जीवनरक्षा नै प्राथमिक विषय रहेकको भन्दै यो बजेटले आगामी वर्षका लागि शक्ति सञ्चयको काम गर्ने बताउनुभयो ।

डा. खतिवडाले देशभित्र अन्तराष्ट्रिय व्यापार, लगानी, पर्यटक आगमन र आन्तरिक आर्थिक गतिविधि सबै ठप्प रहेको र विश्वव्यापी रूपमा नै कोरोनाले असर पारिरहेकाले बजेट ल्याउँदा संयमता अपनाइएको बताउनुभयो ।

उहाँले नेपालबाट भारततर्फ हुने पेट्रोलियम पदार्थ र सुनको चोरी तस्करी रोक्न आयातमा कर बढाइएको पनि बताउनुभएको छ । साथै विद्युतीय सवारी र उपकरणलाई असीमित छुट दिन नसकिने, अर्थमन्त्री खतिवडाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू