अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

सीमा विवाद सुल्झाउन भारतसंग औपचारिक वार्ताको प्रतीक्षामा – परराष्ट्रमन्त्री ज्ञवाली

बिआरटीनेपाल २०७७ जेठ १६ गते ८:३३ मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवाद सुल्झाउन भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा रहेको जानकारी दिनुभएको छ । आज संसदको राज्य व्यवस्था समितिको बैठकमा मन्त्री ज्ञवालीले भारतसंगको वार्ताका लागि औपचारिक मितिको प्रतीक्षा गरिरहेका जानकारी दिनुभएको हो ।

बैठकमा भारतसँगको सीमासम्बन्धी विवाद कुटनीतिक माध्यमबाटै समाधान गर्ने पनि मन्त्री ज्ञवालीले प्रष्ट पार्नुभयो । नेपालको लिम्पियाधुरा र लिपुलेक क्षेत्रको भूभाग समेटेर भारतले आफ्नो नक्सा जारी गरेपछि र हालै त्यस क्षेत्रमा सडक उद्घाटन गरेपछि नेपालले कुटनीतिक माध्यमबाट विरोध जनाई वार्ताको प्रस्ताव गरेको थियो ।

भारतले वार्तामा चासो नदिएपछि नेपालले आफ्नो भूभाग समेटेर पूर्ण नक्सा जारी गरेको छ । उता, भारतीय विदेश मन्त्रालयले भने नेपालले वार्ताका लागि विश्वासको वातावरण बनाउनुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू