अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 16:15

इंग्लिस प्रिमियर लिगका रोकिएको खेलहरु जुन १७ देखि सुरु हुने

बिआरटीनेपाल २०७७ जेठ १५ गते २१:५० मा प्रकाशित

कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग अन्तर्गत यो सिजनका बाँकी खेलहरु आउँदो जुन १७ देखि सुरु हुने भएका छन् । जुन १७ मा एस्टन भिल्ला र शेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबिच खेल हुने भएको हो।

१९ देखि २१ जुनमा पूर्ण तहमा सबै खेल हुने छ । महामारीका कारण गएको मार्च १३ देखि रोकिएको प्रिमियर लिगमा ९२ खेल हुन बाँकी छ।

सबै खेलहरु बन्द रंगशालमा हुने छन् । तर खेलहरु स्काइ स्पोर्टस, बिटी स्पोर्ट वा अमेजन प्राइममा प्रत्यक्ष प्रशारण हुनेछन् । खेलका लागि सुरक्षात्मक निर्देशन सरकारबाट जारी हुन बाँकी नै छ।

प्रतिक्रिया