अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

निहत्था व्यक्तिको हिरासतमै भएको मृत्युलाई लिएर अमेरिकामा उग्र प्रदर्शन

बिआरटीनेपाल २०७७ जेठ १५ गते २१:४५ मा प्रकाशित

हिरासतमै निहत्था अश्वेत व्यक्तिको निधन भएको घटनापछि अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलसमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । लगातार दोस्रो दिन शहरको अवस्था तनावग्रस्त बनेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगासहितका पत्थर प्रहार गरेका छन् । यस्तै स्थानीय पसलहरुमा लुटपाट समेत भएको छ ।

श्वेत प्रहरी अधिकारीले जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिलाई पक्राउ गर्ने क्रममा बाटोमै उनको घाँटीमा घुँडाले च्यापेको थिए । जर्जले ‘मैले सास फेर्न सकिरहेको छैन’ भनेको भिडियोमा सुनिन्छ ।हिरासतमा लिइएका उनको निधन पछि सामाजिक सञ्जालमा भिडियो भाइरल भएको थियो । जसमा प्रहरी अधिकारीले ती निहत्था अश्वेत व्यक्तिलाई भूईँमा लगाएर उनको घाँटीमा घुँडाले थिचेको देखिन्छ ।

त्यसपछि मिनियापोलस प्रहरीका अधिकारी बर्खास्त भएका थिए, तर पनि न्यायको माग गर्दै प्रदर्शन जारी छ । लगातार दुईदिनदेखि प्रदर्शन भइरहेको हो । फ्लोइडको गएको सोमबार निधन भएको हो । प्रहरी ज्यादतीको विरोधमा शिकागो, इलोनाइस, लस एन्जलस, क्यालिफोर्निया र टेनिसीको मेम्फिससहितमा पनि प्रदर्शन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू