अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

कोभिड–१९ का कारण विश्वभर ३ लाख ६२ हजार २३ बढीको मृत्यु, ५९ लाख ५ हजार २ सय ९२ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ १५ गते २१:४२ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ६२ हजार २३ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५९ लाख ५ हजार २ सय ९२ जना संक्रमित भएका छन् । कोरोना संक्रमित २५ लाख ७९ हजार ६ सय ७८ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख ३ हजार ३ सय ३०, इटालीमा ३३ हजार १ सय ४२ , स्पेनमा २७ हजार १ सय १९ , फ्रान्समा २८ हजार ६ सय ६२ , बेलायतमा ३७ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार ६ सय २७ , जर्मनीमा ८ हजार ५ सय ७० , बेल्जियममा ९ हजार ३ सय ८८, ब्राजिलमा २६ हजार ७ सय ६४, रसियामा ४ हजार १ सय ४२ र क्यानडामा ६ हजार ८ सय ७७ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ४ हजार ७ सय ११ , पाकिस्तानमा १ हजार २ सय ६० , बंगलादेशमा ५ सय ५९ जनाको ज्यान गएको छ । अफगानिस्तानमा २ सय ३५ , श्रीलंकामा १० र माल्दिभ्स्मा ५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ३१ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू