अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

साउदी अरबमा आजदेखि लकडाउनमा छुट

बिआरटीनेपाल २०७७ जेठ १५ गते ८:०३ मा प्रकाशित

साउदी अरबमा आजदेखि लकडाउनमा छुट दिइएको छ । पछिल्लो साढे दुई महिनादेखि मुलुकमा जारी लकडाउनमा आजदेखि सउदी सरकारले छुट दिन थालेको हो । साउदीमा आजदेखि २४ घन्टे कफर््यूमा छुट दिइने, सिमित सयमका लागि मस्जिदहरु खोलिने र सरकारी कर्मचारीलाई काममा फर्किने व्यवस्था गरिएको छ । तर, मक्कामा भने लकडाउन अझै जारी रहनेछ ।

साउदी अरब, खाडी मुलुक अन्तर्गत महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । साउदी अरमा हालसम्म ६५ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू