अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५५ | Colorodo: 17:10

कोभिड–१९ का कारण विश्वभर ३ लाख ५७ हजार ९ सय ८१ बढीको मृत्यु, ५८ लाख १४ हजार ७ सय ६ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ १५ गते ७:५७ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ५७ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५८ लाख १४ हजार ७ सय ६ जना संक्रमित भएका छन् । कोरोना संक्रमित २५ लाख १५ हजार ४ सय ९४ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख २ हजार १ सय १६, इटालीमा ३३ हजार ७२ , स्पेनमा २७ हजार १ सय १८ , फ्रान्समा २८ हजार ५ सय ९६ , बेलायतमा ३७ हजार ४ सय ६० जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार ६ सय २७ , जर्मनीमा ८ हजार ५ सय ३३ , बेल्जियममा ९ हजार ३ सय ८८, ब्राजिलमा २५ हजार ६ सय ९७, रसियामा ४ हजार १ सय ४२ र क्यानडामा ६ हजार ७ सय ६५ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ४ हजार ५ सय ४१ , पाकिस्तानमा १ हजार २ सय ६० , बंगलादेशमा ५ सय ५९ जनाको ज्यान गएको छ । अफगानिस्तानमा २ सय ३५ , श्रीलंकामा १० र माल्दिभ्स्मा ५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ३१ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू