अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५२ | Colorodo: 07:07

वरिष्ठ गीतकार रत्नशम्शेर थापाको ८२ बर्षको उमेरमा निधन

बिआरटीनेपाल २०७७ जेठ १५ गते ७:५६ मा प्रकाशित

वरिष्ठ गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । थापाको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको भएको हो । ८२ वर्षीय थापालाई श्वास फेर्न अप्ठ्यारो भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

थापाको शवलाई नर्भिक अहिले अस्पतालमै राखिएको छ । थापाको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको छ । यसको नतिजा नआइन्जेल शव अस्पतालमै राखिने बताइएको छ ।

थापाद्वारा रचित “जाग लम्क चम्क हे, ए कान्छा ठट्टैमा यो वैंस जान लाग्यो, घुम्तीमा नआउ है ”लगायतका दर्जनौं गीत लोकप्रिय छन् । स्वरसम्राट नारायण गोपालले गाएका शुरुका केही लोकप्रिय गीतहरु थापाले नै लेख्नु भएको थियो । स्वर्गीय थापाका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू