अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ६ अर्ब बजेट विनियोजन

बिआरटीनेपाल २०७७ जेठ १५ गते ७:४९ मा प्रकाशित

सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो । कोरोना महामारी रोग, परीक्षण दायरा बढाउनका लागि सो रकम छुट्टाएको मन्त्री खतिवडाले बताउनुभयो ।

कोरोना महामारीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्री खतिवडाका अनुसार स्वास्थ्यकर्मीको लागि पाँच लाख बराबरको निःशुल्क स्वास्थ्य बीमा गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू