अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 08:48

कोभिड–१९ का कारण विश्वभर ३ लाख ५७ हजार ४ सय ३२ बढीको मृत्यु, ५७ लाख ८९ हजार ५ सय ६० संक्रमित

बिआरटीनेपाल २०७७ जेठ १४ गते २२:२९ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ५७ हजार ४ सय ३२ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५७ लाख ८९ हजार ५ सय ६० जना संक्रमित भएका छन् । कोरोना संक्रमित २४ लाख ९७ हजार ६ सय ५ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख २ हजार १ सय ७, इटालीमा ३३ हजार ७२ , स्पेनमा २७ हजार १ सय १८ , फ्रान्समा २८ हजार ५ सय ९६ , बेलायतमा ३७ हजार ४ सय ६० जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार ५ सय ६४ , जर्मनीमा ८ हजार ५ सय ३३ , बेल्जियममा ९ हजार ३ सय ६४, ब्राजिलमा २५ हजार ६ सय ९७, रसियामा ३ हजार ९ सय ६८ र क्यानडामा ६ हजार ७ सय ६५ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ४ हजार ५ सय ३४ , पाकिस्तानमा १ हजार २ सय २५ , बंगलादेशमा ५ सय ४४ जनाको ज्यान गएको छ । अफगानिस्तानमा २ सय २७ , श्रीलंकामा १० र माल्दिभ्स्मा ५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा २८ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू