अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

आफ्नो टाउको जोडेर बनाइएका अश्लील भिडियोले नेपाली नायिकाहरु तनावमा

बिआरटीनेपाल २०७७ जेठ १४ गते २२:२९ मा प्रकाशित

नेपाली नायिकाहरुको टाउको जोडेर बनाइएका अश्लील भिडियोहरु बन्द गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दर्ता गरेका छन् । अश्लील साइटहरुमा ती भिडियोहरु अहिले पनि छ्यापछ्याप्ती छन्। भिडियोहरु हालसालै अपलोड भएका भने होइनन्। एक नायिकाको टाउको जोडेर बनाइएको भिडियो ७÷ ८ महिना अघि अपलोड भएको अनुसन्धान अधिकारी बनाउँछन्। ती अधिकारीका अनुसार अर्की एक नायिकाकै यस्तै भिडियो एक वर्षभन्दा अघि नै अपलोड भएको थियो।

‘ओरिजिनल भिडियो’मा अरु कसैको टाउको जोड्ने कामलाई प्राविधिक भाषामा ‘मर्फिङ’, ‘डिपफेक’ भन्ने गरिन्छ। अश्लील भिडियोमा नायिका, गायिकासहित सेलिब्रेटीहरुको टाउको जोडेर उनीहरुकै जस्तै बनाइने यो प्रवृत्ति पुरानो हो। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु नेपाली नायिकाका यस्ता भिडियो कसले बनाएर अपलोड गरे भन्ने सम्बन्धमा निष्कर्षमा पुग्न सकेका छैनन्।

‘मर्फिङ गरिएका तस्बिर तथा भिडियोहरु हेर्नेबित्तिकै थाहा हुन्छ यो नक्कली हो भनेर’, ती अधिकारी भन्छन्। सोमबार नायिका आँचल शर्माको त्यस्तै भिडियोबारे कसैले उनलाई जानकारी दिएपछि भारतीय ह्याकरहरुले त्यसो गरेको हुनसक्ने आशंकामा उनले फेसबुकमा पोस्टसमेत गरेकी थिइन् । आफ्नो देशको बारे बोल्दा राष्ट्रिय एकताको विषयमा अडिग भएर एउटै आवाज निकाल्दा नेपालीले यस्तो अवस्था भोग्नुपरेको शर्माको भनाई छ । कलाकार संघले समेत नायिका आँचल शर्माको भनाईमा साथ दिंदै प्रहरीमा उजुरी दर्ता गरेको छ ।

अश्लिल भिडियोहरु यौनजन्य अपराध बढाएको भन्दै सरकारले गत वर्ष नै अश्लील भिडियोका साइटहरुलाई बन्द गराएको थियो। इन्टरनेट सर्भिस प्रोभाइडर÷आईएसपीहरुले केही समय यस्ता साइटहरु बन्दा गराएपनि पछिल्लो समय फेरि सजिलै खुल्ने भएका छन्। तर, उजुरीपछि दुरसञ्चार प्राधिकरणलाई अश्लील साइटहरु बन्द गर्न आग्रह गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू