अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३ | Colorodo: 10:58

सानी केटीको ठुलो मन

बिआरटीनेपाल २०७७ जेठ १४ गते १०:५५ मा प्रकाशित

एजेन्सी । एउटी सानी केटीले कोरोना भाइरसको महामारीका कारण निरस समय बिताइरहेका आफूmजस्ता साना केटाकेटीलाई खुसी बनाउने उपाय फेला पारेकी छन् ।

ड्यानबरी कनेक्टिकटकी चेल्सी फेयर, १०, ले होमलेस शेल्टर र फोस्टर केयरमा बसिरहेका १ हजार ५ सयभन्दा बढी साना केटाकेटीलाई समय कटाउन आर्ट किट उपलब्ध गराएकी छन् । त्यसले उनीहरूको उदासी भगाउने उनको विश्वास छ ।

उनले पठाएको आर्ट किटमा मार्कर, क्रेयोन, पेपर, कलरिङ बुक, कलर पेन्सिल र जेल पेन लगायतका सामाग्री छन् । ती चेल्सीज च्यारिटी नामक संस्थाबाट सामाग्री देशभरका स्कुल र सेल्टरहरूमा पठाइएको छ । उक्त संस्था उनको बाबु आमाले स्थापना गरेका हुन् ।

‘चेल्सी ७ वर्षको उमेरमै अरूलाई सहयोग गर्न रुचाउँथिन,’ उनकी आमा क्यान्डिसले सिएनएनलानलाई भनेकी छन्, ‘अरूलाई सहयोग गरौँ भनेर निरन्तर आग्रह गरेपछि हामीले उनी १० वर्ष लाग्नसाथ संस्था स्थापना गरिदिएका हौँ ।’

गत वर्ष अगस्टमा जन्मदिन मनाउने क्रममा ६ कक्षाकी छात्रा चेल्सीले पाहुनाहरूसँग उपहारको सट्टा आर्ट किट मागेकी थिइन् । सङ्कलित ४० थान आर्ट किट उनले न्यु योर्कको होमलेस सेल्टरमा वितरण गरेकी थिइन् । त्यसपछि चेल्सीको परिवारले अमेजन विशलिस्ट मार्फत आर्ट किट सङ्कलन गर्न थाले । सङ्कलित आर्ट किट उनीहरूले आफैँ बालबालिकालाई वितरण गर्न थाले ।

चेल्सी र उनको आमा मिलेर ५ महिनामा झन्डै १ हजार आर्ट किट विभिन्न होमलेस शेल्टर, फोस्टर केयर होम, वुमन शेल्टर र गन भ्वाइलेन्स भएका विद्यालयमा वितरण गरे । कोरोना भाइरस सुरु हुनुभन्दा अघि चेल्सी र उनको आमा आर्ट किट बाँड्न देशका विभिन्न ठाउँ पुगे । कोरोना भाइरसको महामारी सुरु भएपछि विद्यालय बन्द भए । सोसियल डिस्ट्यान्सिङ पालना गर्नुपर्ने लगायतका कारण उनीहरूले आर्ट किट मेल गर्न थाले ।

मार्चयता उनीहरूले १२ राज्यका स्कुल, शेल्टर र फोस्टर होममा १ हजार ५ सयभन्दा बढी किट मल गरेका छन् । ‘आर्ट किट पाएपछि उनीहरू खुसी हुन्छन् । त्यसले मलाई खुसी बनाउँछ,’ चेल्सीले भनेकी छन्, ‘म सबैको हातमा आर्ट किट पुर्‍याउन चाहन्छु ।’

चेल्सीले ८ वर्षको उमेरमा उनले ज्यादै माया गर्ने स्विमिङ इन्स्ट्रक्टर गुमाउनु प¥यो । स्विमिङ कक्षा चलिरहेकै बेला गन भ्वाइलेन्समा मारिएका थिए जसबाट उनी विक्षिप्त बनेकी थिइन् । त्यति बेला उनको कलाप्रतिको रुचि आर्ट थेरापीमा परिणत भएको थियो । उनी मन पीडा भुल्न आर्ट गर्थिन् । आर्टले आफूmजस्ता केटाकेटीको मानसिक विचलनमा मलहम लगाउने चेल्सीको विश्वास छ । मानसिक र भावनात्मक रूपमा कमजोर केटाकेटीलाई आर्ट थेरापीले अध्ययनमा ठुलो सहयोग पुग्ने क्यान्डिस बताउँछिन् । उनी अर्लि चाइल्डहुड प्रोफेसर र पूर्व शिक्षिका पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू