अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

टेक्ससमा कोरोना महामारीको बिचमा युएनएको निर्वाचन मास्क लगाएर सम्पन्न

विजय थापा २०७७ जेठ १४ गते १०:४८ मा प्रकाशित

डिसी । युनाइटेड नेपलिज एसोसिएसन (युएनए )ले कोरोना महामारीको बिचमा मास्क लगाएर वार्षिक अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ । अमेरिकाको टेक्सस राज्यको ड्यालस सहरमा भएको अधिवेशन मार्फत नयाँ समितिको समेत चयन गरेको छ । हरेक दुई वर्षमा नयाँ नेतृत्व परिवर्तन हुने र मेमोरियल डे (स्मारक दिवस )को सप्ताहन्तमा वार्षिक सम्मेलन समेत गर्ने भएता पनि यस पटक कोरोना भाइरसको कारण बाल्टिमोरमा हुने सम्मेलन अर्को वर्ष सारिएको छ ।

टेक्सस राज्यको ड्यालस सहरमा सम्पन्न अधिवेशनमा मास्क लगाई ६ फिटको सामाजिक दुरीमा केवल २५ जना भन्दा कम सहभागिता निर्वाचन सम्पन्न भएको हो । आगामी दुई वर्षका लागि युएनए को नयाँ कार्यकारी समितिमा भक्त’बव’भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । यसै गरी लामो समय देखि युएनए देखि अन्य सं/संस्थामा सक्रिय सहभागी जनाउँदै आएका पवन योञ्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । यसै गरी महासचिव पदमा कमल कडायत निर्वाचित भएका छन् । मुख्य पदहरूमा पदाधिकारीहरूको निर्वाचन सम्पन्न भएको छ भने पूर्ण समिति निर्माण गर्न अब अन्य सदस्यहरूको मनोनीत हुने जानकारी वरिष्ठ उपाध्यक्ष पवन योञ्जनले बताए । युएनए संस्था गैर राजनैतिक, गैर धार्मिक, जातीय वा क्षेत्रीय सोचबाट मुक्त रहेको गैर मुनाफा सामाजिक संस्था हो । यसका संस्थापक टेक्ससका सफल व्यवसायी पासाङ लामा हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू