अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

शीतल आचार्य अन्तर्राष्ट्रिय सांस्कृतिक महासङ्घ नेपाल शाखाको अध्यक्षमा मनोनीत

आर सी कोइराला २०७७ जेठ १४ गते १०:३० मा प्रकाशित

काठमाडौँ, लामो समयदेखि सांस्कृतिक कला तथा सङ्गीतमा लागेर नेपालमा मात्रा नभई विश्वका ५० भन्दा बढी देशहरूमा कला संस्कृतिको माध्यमबाट विश्वमाझ आफ्नो परिचय दिनु भएका संस्कृति कर्मी, कलाकार, मोडेल तथा कुशल व्यवस्थापक शीतल आचार्य ‘सीता’ अन्तर्राष्ट्रिय सांस्कृतिक महासङ्घ आईओभी (International Organization of Folk Arts IOV) नेपाल सेक्सनको अध्यक्ष जस्तो गरिमामय पदमा ४ वर्षको लागि मनोनीत भएकी छन् । कोरोनाको महामारीको कारण भिडियो कन्फ्रेन्सका माध्यमबाट बसेको आईओभीको बोर्ड मिटिङले केही समयदेखि रिक्त रहेको उक्त पदमा आचार्यलाई मनोनीत गरेको हो ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपमा सन् २०१२ देखि आबद्ध रही निरन्तर रूपमा लोक कला, संस्कृतिको संरक्षण र प्रबर्धनमा समर्पित तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा लोक कला र संस्कृतिको उत्थानका लागि पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आचार्यलाई अध्यक्ष जस्तो गरिमामय पदमा मनोनीत गरेको जनाइएको छ ।

आईओभी महासङ्घको मुख्य उद्देश्य विश्वमा लोक संस्कृतिको संरक्षण, सम्बर्धन र प्रवर्द्धन गर्ने तथा विभिन्न देशमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा सहभागी हुने, अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने तथा विभिन्न देशको लोक संस्कृतिको बारेमा अनुसन्धान गर्ने रहेको छ । सन् १९७९ मा स्थापित आईओभी महासङ्घमा १५० भन्दा बढी मुलुकहरू सदस्य रहेका छन् ।

प्रतिक्रिया