अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

न्यूजिल्याण्डका अस्पतालबाट सबै कोरोना संक्रमित डिस्चार्ज

बिआरटीनेपाल २०७७ जेठ १४ गते ७:१७ मा प्रकाशित

न्यूजिल्याण्ड सरकारले अस्पताल भएका कोरोना भाइरसका संक्रमित बिरामीहरु सबै स्वस्थ भएर डिस्चार्ज गरिएको बताएको छ । न्यूजिल्याण्डको स्वास्थ्य विभागले त्यहाँका अस्पतालमा भएका अन्तिम बिरामी हिजो साँझ डिस्चार्ज भएसँगै अब असपतालमा कोरोना संक्रमित बिरामी नरहेको दावी गरेको छ । योसँगै न्यूजिल्याडमा कोरोना संक्रमितको संख्या शून्यमा झरेकोपनि विभागले बताएको छ ।

साथै पछिल्लो पाँच दिनदेखि न्यूजिल्याण्डमा एक जनापनि नयाँ कोरोना संक्रमित फेला नपरेकोपनि विभागले जनाएको छ । स्वास्थ्य विभागका अनुसार सबै कोरोना संक्रमित डिस्चार्ज भएपछि अब मुलुकमा जारी लकडाउनलाई चरणवद्ध तरिकाले खोल्ने तयारी गरिएको छ । न्यूजिल्याण्डमा हालसम्म कोरोना भाइरसका कारण जम्मा एक हजार ५ सय ४ जना संक्रमित भएका छन् भने २१ जनाको मात्रै कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू