अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

कोरोना भाइरसका कारण युरोपमा मृत्यु हुनेको संख्या एक लाख ६९ हजार

बिआरटीनेपाल २०७७ जेठ १४ गते ७:११ मा प्रकाशित

कोरोना भाइरसको कारण यूरोपमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । युरोपका देशहरुमा मात्रै १ लाख ६९ हजारको मृत्यु भएको छ । कोभिड १९ को संक्रमणका कारण उत्तर अमेरिकामा १ लाख १६ हजार व्यक्तिको मृत्यु भएको छ ।

सबैभन्दा कम ओसियानामा १ सय २४ जनाको मृत्यु भएको छ । दक्षिण अमेरिकामा ३३ हजारको मृत्यु हुँदा एशियामा २८ हजार र अफ्रिकामा ३ हजार ६ को मृत्यु भएको छ । यूरोपमा कोरोना भाइरसको संक्रमणबाट १ लाख ६९ हजार ६ सय जनाको मृत्यु भएको छ ।

त्यहाँ संक्रमितको संख्या १९ लाख ३४ हजार नाघेको छ । ९ लाख १२ हजार ५ सय ५८ जना भने निको भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा १ लाख ६ सय २५ जना रहेका छन् । अमेरिकामा १७ लाख २५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू