अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 11:08

विश्वका विभिन्न मुलुकहरु सलह किराको प्रकोप , लाखौं हेक्टरको बालीनाली सखाप

बिआरटीनेपाल २०७७ जेठ १४ गते ६:५८ मा प्रकाशित

विश्वका विभिन्न मुलुकहरुका पछिल्लो समय सलह किराको प्रकोप बढेको छ । अहिले सलह किराले हजारौं हेक्टरमा लगाइएका बालीनाली सखाप पारेको जनाईएको छ । साधारण फट्याङ्ग्रा प्रजातिको बाली नस्ट गर्ने यो किरा चीनमा कोरोना महामारी सुरु हुनुअघि देखापरेको थियो । विभिन्न अफ्रिकी मुलुकहरुमा लगाइएको धानबाली नस्ट गर्दै सलह चीन प्रवेश गरेको थियो ।

चीनपछि यसको समूह रसिया प्रवेश गर्दा त्यहाँको धानबालीमात्रै नस्ट गरेन, घर–घरमा प्रवेश गर्दा सर्वसाधारणको दैनिकीसमेत प्रभावित बनेको थियो । अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्नसक्ने सलह किराको समूह विश्वका कयौं राष्ट्रहरुमा प्रवेश गर्नेक्रममा रहेको छ । जुन चुनौतीको विषय बनेको छ । अहिले यो किराको समूह पाकिस्तान हुँदै भारत प्रवेश गरेको छ । भारतमा मात्रै यसले पाँच लाख हेक्टर जमिनमा लगाइएको बालीनाली नस्ट गरिसकेको छ ।

यो समूहको किरा पहिलोपटक ६० वर्षअघि देखापरेको थियो । सलह किरा ठूलो संख्यामा हुने र यसले सम्पूर्ण हरिया वनस्पतिहरू छोटो समयमा नै नस्ट गर्ने क्षमता राख्दछ । यो किरा एक दिनमा लगभग १३० किलोमिटरसम्म हुल बाँधेर उड्ने गर्छ ।

एक किलोमिटरको हुलमा हुने सलहको करिब ४ देखि ८ करोड संख्याले ३५ हजार जनालाई एक दिनमा पुग्ने खाना नस्ट गर्नसक्छ । राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले सलह ‘प्लेग’को संज्ञा दिएको यसलाई नियन्त्रणमा लिन विश्वका थुप्रै राष्ट्रले विभिन्न उपाय अपनाएपनि सफल हुन सकेका छैनन् । विज्ञहरुले नेपालमा पनि सलहको प्रकोपको जोखिम रहेको भन्दै सचेत रहँदै आवश्यक पूर्वतयारी गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू