अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

नेपालका विभिन्न नाकाबाट ८ सयभन्दा बढी नेपाली भित्रिए

बिआरटीनेपाल २०७७ जेठ १४ गते ६:५४ मा प्रकाशित

नेपालका विभिन्न नाबका हुँदै भारतमा रहेका करिव ८ सय नेपालीहरु स्वदेश फर्किएका छन् । मोरङको विराटनगरमा भारतको जोगबनी नाका हुँदै ३ सय ४ जना नेपालीहरु भित्रिएका छन् । उनीहरुलाई मोरङ प्रहरीले उद्धार गरेको जनाएको छ । भारतबाट आएकाहरुलाई विराटनगर–१३ स्थित डीएभी स्कुलमा राखिएको छ ।

नेपाल प्रवेश गर्नेहरुमा झापादेखि रुकुम पश्चिम सम्मका छन् । सुनसरीका २३ जनालाई भने दुहबी नगरपालिका वडा नं. ४ का वडा अध्यक्षले सुनसरीतर्फ लगेको मोरङ प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारतीय सुरक्षा निकायसँगको समन्वयमा नेपाल ल्याइएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । सम्पूर्ण विवरण टिपेर सामान्य स्वास्थ्य जाँचपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहहरुमा पठाइने भुजेलले बताउनुभयो ।

यस्तै रक्सौल नाकामा अलपत्र नेपालीहरुलाई पनि वीरगञ्ज ल्याउने क्रम सुरु भएको छ । वीरगञ्जसँग सिमाना जोडिएको भारतको रक्सौलमा लामो समयदेखि अलपत्र नेपालीहरुलाई वीरगञ्ज भित्र्याउने क्रम सुरु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार अहिलेसम्म २ सयको हाराहारीमा नेपालीहरु वीरगञ्ज भित्री सकेका छन् । रक्सौलमा करिब ३ सय ५० जना नेपाली रहेको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू