अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 17:49

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्यो, पछिल्लो २४ घण्टामा १ सय ५६ नयाँ संक्रमित थपिए, ५ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ जेठ १४ गते ६:५३ मा प्रकाशित

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । पछिल्लो २४ घन्टामा १५६ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या १ हजार नाघेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमण पुष्टि हुनेहरुमा दैलेखका ८, कैलालीका २, दार्चुलाका १, स्याङ्जाका ३, नवलपुरका १, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, मकवानपुरका १ जना रहेको जानकारी दिनुभयो ।

यसैगरी, बर्दियाका ३, बाँकेका १, झापाका २५, सर्लाहीका ७, सिरहाका ६, रौतहटका २०, दोलखाका २, सोलुखुम्बुका १, बझाङका १ र सुर्खेतका १३ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकका ५१ जिल्लामा कोोनाको संक्रमण फैलिएको छ । कुल संक्रमितमध्ये ९४० जना पुरुष र १०२ जना महिला रहेका छन् ।

यसैबीच, कोरोनाभाइरस संक्रमणबाट थप १ व्यक्तिको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२२, बुङमतीका ५६ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पहिलेदेखि नै कलेजोसँग सम्बन्धित रोगले ग्रसित उनमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

कोरोना संक्रमणको आशंकामा देशभर ८६ हजार ५७ जना क्वारेन्टिनमा तथा ८ सय ५० जना आईसोलेसनमा रहेका छन् । हालसम्म कोरोना संक्रमित १ सय ८७ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू