अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

अमेरिकामा एक अश्वेत व्यक्ति प्रहरी यातनामा मारिएपछि ज्यादतीमा सलग्न ४ प्रहरी बर्खास्त

बिआरटीनेपाल २०७७ जेठ १३ गते २२:२५ मा प्रकाशित

अमरिकाको मिनेसोटामा एक निहत्था अश्वेत व्यक्ति प्रहरीको चरम यातनामा मारिएपछि घटनामा संलग्न चार प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ । मिनियापोलिस प्रहरीका प्रमुख मेडारिया एराडोन्डोले चार प्रहरी अधिकारी बर्खास्त गरेको जानकारी दिँदै उनीहरु पूर्व कर्मचारी भैसकेको बताएका छन् ।

हिरासतमा लिइएका अश्वेत व्यक्तिको निधन पछि सामाजिक सञ्जालमा भाइरल बनेको एउटा भिडियोमा ती अश्वेत व्यक्तिलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिई भूईँमा लडाएर उनको घाँटीमा घुँडाले थिचेको देखिन्छ । जर्ज फ्लोइड नामका व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले घाँटीमा घुँडाले च्याप्दा जर्जले ‘मैले सास फेर्न सकिरहेको छैन’ भनेको भिडियोमा सुनिन्छ ।

सोमबार भएको उक्त घटनाको संघीय अनुसन्धान व्यूरो (एफबिआई) ले छानबिच गर्ने आश्वासन दिएको छ । मिनेसोटा प्रहरीले फ्लोइडको निधन प्रहरी सोधपुछको क्रममा मेडिकल कन्डिसनका कारण भएको बताएको छ । उनीमाथि जालसाजीमा संलग्न भएको आरोप लगाइएको छ । उक्त घटनाको अमेरिकामा विरोध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू