अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुन थाल्यो इबोलाविरुद्धको औषधि

बिआरटीनेपाल २०७७ जेठ १३ गते २२:१९ मा प्रकाशित

कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी हुने देखिएको इबोलाविरुद्धको औषधि रेमडिसिभियरको प्रयोगका लागि बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले स्वीकृति दिएको छ । रेमडिसिभियरले कोरोना भाइरसबाट संक्रमित भएका बिरामीको उपचार अवधि छोट्याउने अर्थात यो औषधि दिइएका बिरामी चाँडो निको हुने देखिएको छ ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट हानककले रेमडिसिभियरको प्रयोग स्वीकृत गर्नु कोरोना भाइरसको महामारी सुरु भएयता यसको उपचारको पक्षमा भएको सबैभन्दा ठूलो निर्णय रहेको बताएका छन् । इबोलाको उपचारका लागि प्रयोग भएको रेमडिसिभियर एन्टी–भाइरल औषधि हो ।

बेलायतका नियामकहरुले रेमडिसिभियरलाई कोरोना भाइरसविरुद्धको उपचारमा प्रयोग गर्नका लागि आवश्यक सबै प्रमाण रहेको बताएका छन् । तत्कालका लागि यो औषधि अनुसन्धानले सबैभन्दा धेरै प्रभावकारी हुने देखाएका समूहमा मात्रै प्रयोग हुनेछ । अमेरिका र जापानमा यसअघि नै यो औषधिको प्रयोग सुरु भएको छ । अमेरिकी कम्पनी गिलियाडले यो औषधि उत्पादन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू