अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

कोभिड–१९ का कारण विश्वभर ३ लाख ५२ हजार २ सय २५ बढीको मृत्यु, ५६ लाख ८४ हजार ७ सय ९५ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ १३ गते २२:१३ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ५२ हजार २ सय २५ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५६ लाख ८४ हजार ७ सय ९५ जना संक्रमित भएका छन् । कोरोना संक्रमित २४ लाख ३० हजार ५ सय ९३ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख ५ हजार ७२, इटालीमा ३२ हजार ९ सय ५५, स्पेनमा २७ हजार १ सय १७ , फ्रान्समा २८ हजार ५ सय ३० , बेलायतमा ३७ हजार ४८ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार ५ सय ८ , जर्मनीमा ८ हजार ४ सय ९८ , बेल्जियममा ९ हजार ३ सय ३४, ब्राजिलमा २४ हजार ५ सय ९३, रसियामा ३ हजार ८ सय ७ र क्यानडामा ६ हजार ६ सय ३९ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ४ हजार ३ सय ४४ , पाकिस्तानमा १ हजार १ सय ९७ , बंगलादेशमा ५ सय २२ जनाको ज्यान गएको छ । अफगानिस्तानमा २ सय २० , श्रीलंकामा १० र माल्दिभ्स्मा ५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा २७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू