अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०९ | Colorodo: 12:24

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख नाघ्यो

बिआरटीनेपाल २०७७ जेठ १३ गते २२:१६ मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख नाघेको छ । बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको कारण एक लाख पाँच सय ७९ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म १७ लाख २५ हजार दुइ सय ७५ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये चार लाख ७९ हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन् । ११ लाख ४४ हजार ७२७ जना उपचार गराइरहेकोमा १७ हजार भन्दा धेरै गम्भीर बिरामी छन् ।

२ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म विश्वका तीन लाख ५२ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । ५६ लाख ८१ हजारभन्दा धेरैमा सङ्क्रमण भएकोमा २४ लाख ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू