अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

रुकुम पश्चिमको घटनाबारे मानवअधिकारको अनुगमन

बिआरटीनेपाल २०७७ जेठ १३ गते २२:१४ मा प्रकाशित

रुकुम पश्चिममा घटेको अमानवीय घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोगले जातीय विभेदको पराकाष्ठाको रूपमा देखिएको यो घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

साथै आयोगले रुकुम जिल्लास्थित मानवअधिकार अनुगमन समितिबाट घटनाको अनुगमन भइरहेको पनि जानकारी दिएको छ । आयोगका प्रवक्ता सचिव वेदप्रसाद भट्टराईले हिजो प्रेस विज्ञप्ति जारी गर्दै देशैभरि बढ्दो रूपमा रहेको जातीय विभेदका घटनाप्रति शून्य सहनशीलता कायम गरी अनुसन्धान र शीघ्र कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू